प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची
नेपालखोज
२०८० असार २४ गते ६:०७

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाकाे बैठक ११ बजेलाई बाेलाइएकाे छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया