शनिबार, जेठ ५, २०८१

’हात्तीछाप’ को छायांकन सुरू

नेपालखोज २०८० असार २४ गते ११:५१

काठमाडौं । फिल्म ’हात्तीछाप’ को छायांकन सुरू भएको छ । फिल्मको आइतबार बालकुमारीमा रहेको एक ग्यारेजबाट छायांकन सुरू गरिएको निर्माण पक्षले जनाएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म किरण नेपाली निर्माता रहेका छन् ।

सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा छायांकन गरिनेछन् । फिल्मलाई सुशान्त प्रजापतिले छायांकन गर्नेछन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बेनिशा हमाल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राईलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रतिक्रिया