‘सदन तीन नेताको मात्रै होइन, गलत भइरहेको छ’
नेपालखोज
२०८० असार २४ गते १७:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन नेताको मुडमा संसद चल्न नसक्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले तीन नेताको कुरा मिल्दा चल्ने नत्र नचल्ने हुनु गलत अभ्यास रहेको बताए ।
‘सदन केही नेताको मुडमा चल्ने चिज होइन, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’, उनले भने, ‘जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् ।’
सम्बन्धित
प्रतिक्रिया