शुक्रबार, असार ६, २०८२

प्रतिनिधिसभाको बैठक : यी हुन् आजकाे कार्यसूची

नेपालखोज २०८० असार २५ गते ६:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेलगायत सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने छन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेस गर्ने छन् ।

प्रतिक्रिया