शुक्रबार, असार ६, २०८२

राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विद्येयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने

नेपालखोज २०८० असार २५ गते ६:५३

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो ११ः०० बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रबारको बैठकमा संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रबारको बैठकमा विनियोजन विद्येयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीकाे बजेट माथी छलफल हुनेछ । 

एमालेले अवरोध गर्दा आइतबारको बैठक पनि चल्न सकेको थिएन । आइतबार बैठकको सुरुआतमै एमाले सांसद भगवती न्यौपानले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताएकी थिइन् । प्रचण्ड प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको उनको जिकिर थियो । 

प्रतिक्रिया