शनिबार, असार ७, २०८२

राष्ट्रियसभाको बैठक मङ्गलवारका लागि तोकियो

नेपालखोज २०८० असार २५ गते ११:४७

काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको भनाइ छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् ।

प्रतिक्रिया