तीन दलका शीर्ष नेतासँगकाे छलफलपछि सदनको अवरोध खुलाउन एमाले सहमत
नेपालखोज
२०८० असार २५ गते १६:०९

काठमाडौं । नेकपा (एमाले)ले संसद्को अवरोध हटाउने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने सहमतिपछि सदनको अवरोध खुलाउन एमाले सहमत भएकाे हाे ।
आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली सदन खुलाउन सहमत भएका हुन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले उनको राजीनामा माग्दै सदन अवरोध गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया