जोशी हाइडोपावरको हकप्रद सेयरको बिक्री प्रर्बन्धकमा लक्ष्मी क्यापिटल
नेपालखोज
२०८० असार २५ गते १९:१९

काठमाडौं । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा सोमबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैंयाँको प्रतिकित्ता एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको एक कित्ता सेयरको शुन्य दशमलव ६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
सम्बन्धित








प्रतिक्रिया