महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै
नेपालखोज
२०८० असार २६ गते ७:३०

काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै छ । नेपाल बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
जसअनुसार नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।
१९औं एसियाडको तयारीका लागि नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्थान गर्न लागेको हो ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा १९ औं एसियाड हुँदैछ । उक्त एसियाडमा नेपालको २९ खेलमध्ये महिला फुटबल टोलीले पनि प्रतिष्पर्धा गर्दैछन् ।
सम्बन्धित

प्रतिक्रिया