सोमबार, वैशाख १७, २०८१

सोलु लामाजुरा नजिक मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना

नेपालखोज २०८० असार २६ गते १२:१०

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरा नजिक दुर्घटना भएको छ ।

विहान १०:०५मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एनएएमभि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिईन् । ‘च्यान डाँडामा चौरी गोठालाहरु हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना ब्यक्ति चढेका रहेछन्’ कार्कीले भनिन् ।

हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेको लुक्ला विमानस्थलका एटिसि अफिसर सागर कँडेलले जानकारी दिए । हेलिकप्टरको खोजी भईरहेको छ ।

हेलिकप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्याण्ड ओभर गर्नासाथ सम्पर्क विच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटिसि अफिसर कँडेलको भनाई छ ।

प्रतिक्रिया