यी प्रदेशमा छ भारी वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभावसँगै मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले कोशी तथा मधेश प्रदेशां सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको तथा कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया