सीता दाहालको निधनबाट अपुरणीय क्षति भएको छ : माओवादी केन्द्र

नेपालखोज २०८० असार २७ गते १०:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

माओवादी केन्द्रले आज शोक वक्तव्य जारी गर्दै भनेको छ, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनु भएको छ ।’

प्रतिक्रिया