शनिबार, असार ७, २०८२

प्रतिनिधिसभा बैठक : विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

नेपालखोज २०८० असार २९ गते ५:४७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

आजकाे बैठककाे सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने छ । 

त्यस्तै संसद् सचिवालयले जनाएअनुसार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिक्रिया