मंगलबार, वैशाख ३०, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २९ गते २३:०८

ठमेल कुटपिटमा संलग्न गुण्डा नाइके सानुभाइसहित ५ जना पक्राउ ।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला, प्रशासन प्रमुखसहित चार पक्राउ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बजेट सभामुखले प्रमाणित गरे ।

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक पारित ।

नेपाल–भारत जोड्ने दार्चुलाको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द ।

काठमाडौं महानगरको २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट पारित ।

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबलमा टिप टप हेल्प नेपाल फाइनल प्रवेश ।

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’सँग नेपाल पराजित ।

प्रतिक्रिया