शनिबार, असार ७, २०८२

एमालेको सचिवालय बैठक आज बस्दै

नेपालखोज २०८० असार ३० गते ७:०७

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा सो बैठक बस्न लागेको हो ।

आजकाे बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल हुने जनाइएकाे छ । साथै आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए ।

उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भईरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाइएको हो ।

फाइल तस्बिर ।

प्रतिक्रिया