यातायात मन्त्रीले हल्लाए हरियो झण्डा, भंगहाबाट जयनगरका लागि गुड्यो रेल
नेपालखोज
२०८० असार ३१ गते १४:२३

जनकपकुरधाम । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ ।
महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको हो ।
नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो ।
यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो ।
भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक साँझ र बिहान सेवा दिइने छ ।
सम्बन्धित
प्रतिक्रिया