शनिबार, वैशाख १३, २०८२

धैर्य नै सबैभन्दा ठुलो धन

नेपालखोज २०८० साउन १ गते ६:३१

काठमाडौं । हाम्रो सबैभन्दा ठुलो धन कठिन समयमा देखिने हाम्रो धैर्य हो । धैर्यता यस्तो गुण हो, जसका कारण ठुला-ठुला बाधाहरू पार गर्न सकिन्छ। यो कठिन समयमा हाम्रो सबैभन्दा ठुलो धन हो। त्यसैले कुनै पनि परिस्थितिमा धैर्यता गुमाउनु हुँदैन। जसमा यो गुण हुँदैन, उनीहरू स-साना काममा पनि अल्झिन्छन् र सफल हुन सक्दैनन् ।

हतार नगरी धैर्य कायम राख्ने हो भने मात्र ठुलो सफलता प्राप्त हुनेछ । हरेक शब्द अमूल्य छ । हो वा होइन भन्ने एउटा सानो शब्दले कसैको जीवन परिवर्तन गर्न सक्छ । त्यसैले कुनै पनि कुरा गर्दा होसियार हुनुपर्छ। मानिसले आफूलाई जतिसुकै उच्च माने पनि प्रकृतिले कसैलाई श्रेष्ठ बनाउँदैन ।

प्रकृतिले कोइलीलाई आवाज दिएको छ तर सौन्दर्य दिएको छैन भने मयूरलाई सौन्दर्य त दिएको छ तर कोइलीको जस्तो आवाज दिएको छैन । त्यसैले हामीले घमन्डबाट जोगिनुपर्छ। धेरै सोच्ने बानी भएका मानिसले काम सुरु गर्न सक्दैनन् । जब काम गर्ने समय आउँछ, सोच्न छोडेर काम सुरु गर्नुपर्छ । हाम्रो सबैभन्दा ठुलो धन कठिन समयमा हाम्रो धैर्य हो।

धैर्यताको सहयोगले ठुला-ठुला बाधाहरू पार गर्न सकिन्छ। यदि कुनै पनि काममा सफल हुन चाहनुहुन्छ भने त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण शक्ति भनेको आत्मविश्वास हो । आत्मविश्वास बिना सानो काम पनि पूरा हुन सक्दैन।

प्रतिक्रिया