आइतबार, असार २२, २०८२

इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र भारत ‘ए’ खेल्दै

नेपालखोज २०८० साउन १ गते ७:१६

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपालले आफ्नो दोस्रो खेल भारत ‘ए’ सँग खेल्नेछ ।

कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ । इमर्जिङ कपमा नेपालले हरेक खेल जितको मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले बताएका थिए ।

नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया