मंगलबार, जेठ १, २०८१

एटलान्टिक महासागरमा हराइरहेको पनडुब्बीको अक्सिजन आज सकिँदै, भेटिने सम्भावना कति?

नेपालखोज २०८० असार ७ गते १५:१२

आइतबार एटलान्टिक सागरमा हराएको ओसिनगेटको सानो पनडुब्बी अहिलेसम्म भेटिएको छैन। ओसिनगेटको पनडुब्बी डुबेको एलटान्टिक महासागर विश्वका पाँच ठूला महासागरमध्ये दोस्रो ठूलो मानिन्छ। सन् १९१२ मा टाइटनिक जहाज डुब्दा जहाजमा १५०० जना यात्रु सवार थिए। त्यसपछि अहिले फेरि अर्को पनडुब्बी डुबेको छ। पनडुब्बीमा पाकिस्तानी अर्बपतिका छोरासहित पाँच पर्यटक सवार छन्। उनीहरुको कुनै अत्तोपत्तो छैन।

१२५०० फिटमुनि अवशेष

पनडुब्बीको खोजीकार्य अहिले पनि जारी छ। यो पानीमुनि जाँदा यसमा ९६ घण्टाको अक्सिजन सञ्चित थियो। अहिलेसम्म कुनै खबर नपाउँदा यो यात्रुसहित सकुशल भेटिने सम्भावना क्रमशः न्यून हुँदै गएकाे छ। आइतबार बिहान पनडुब्बीको सम्पर्क न्युफाउन्डल्यान्ड क्यानाडामा आफ्नो ‘मदर सिप’सँग विच्छेद भएको थियो।

पनडुब्बी नर्थ एटलान्टिकमुनि १९१२ मा डुबेको टाइटानिक जहाजको अवेशष देखाउन हिँडेको थियो। अवेशष ३९०० मिटरको गहिराइमा छ। २०२१ मा ओसिनेट एक्सपिडिसन्सले यसको सुरुवात गरेको थियो। वैज्ञानिकले एटलान्टिक महासागरको प्रकृति, पर्यावरण र यसमा आश्रित जीवनको खोजबारे कैयौँ अनुसन्धान गरेका छन्।

टाइटानिक समुद्री सतहदेखि करिब ३९०० मिटर गहिराइमा छ। विश्वको सबभन्दा गहिरो स्कुबा डाइभ २०२२ मा १०९० मिटरमुनिसम्म मात्र गएको थियो। जबकि विश्वकै अग्लो भवन बुर्ज खलिफा पनि समुद्रमा २७१७ फिटसम्म तल जान सक्छ। यसरी हेर्दा टाइटानिकको अवशेषसम्म पुग्न अझै पनि ९७०० फिट कम हुन्छ।

८० प्रतिशत भाग मापनबाहिर

अमेरिकास्थित नेसनल ओसियन एन्ड एटमसफेरिक एडमिनिस्ट्रेसनका अनुसा महासागरको ८० प्रतशित भाग मापन हुन सकेको छैन। न त यो मापन नै हुन सक्छ। समद्री गहिराइ अव्यवस्थित छ, जसले पृथ्वीको सतहको ७० प्रतिशत भाग कभर गर्छ।

यसको औसत गहिराइ ३९८२ मिटर छ। वैज्ञानिक भन्छन्, ‘जति तल गयो हाइड्रोस्टेटिक दबाब त्यति नै बढी हुँदै जान्छ। मारियाना ट्रेन्च मनिने महासागरको गहिरो बिन्दु ११०३४ मिटर गहिरो छ। -INS

प्रतिक्रिया