बुधबार, जेठ १, २०८२

सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

नेपालखोज २०८० साउन २ गते १३:११

सप्तरी । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । गत शुक्रबार राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

नाबालिकामाथि सामूहिक बलात्कार गर्ने योजनाकारसहित चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार राईले जानकारी दिए । ‘घटनामा संलग्न रहेका चारैजनालाई हामीले नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको छ ।

कैलाशले नै सुदीप, मनोज र दीपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयान दिएको प्रहरीले जनाएको छ ।

‘शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालै–पालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको छ,’ प्रहरीले भन्यो ।

घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया