सोमबार, वैशाख ३१, २०८१

भविष्यको मानिस चार हाते

नेपालखोज २०८० साउन ३ गते ११:२०

काठमाडौं । जापानका वैज्ञानिकहरुले एउटै समयमा धेरै हात लगाउन सकिने यन्त्र तयार पारेका छन् । यो भविष्यमा मानिसलाई सुबिधासम्पन्न धेरै हातले सुसज्जित बनाउने कामको सुरुवात मात्र हो।

जापानको टोकियो विश्वविद्यालयका मासाहिको इनामी तथा उनको समुहले यी रोबोटिक हातको विकास गरेका हुन्। यस्ता हात कुनै पनि समयमा लगाउन वा हटाउन सकिन्छ।

जापानी वैज्ञानिकहरूले यी हतियारलाई जिजाई आर्म्स नाम दिएका छन् । जिजाई जापानी अवधारणा हो जसको मोटामोटि अर्थ हो – जुनसुकै काम गर्ने स्वतन्त्रता । यसमा एक साथ चार वटा हात लगाउन सकिन्छ।

इनामी भन्छन् – यसले मानिसलाई दुईवटा हातभन्दा बढी काम गर्न सहज बनाउने मात्र होइन यसलाई अरू मानिसहरूसँग बाँड्न समेत सकिन्छ । यो त सुरुवात मात्र भएको र आगामी दिनमा यस्ता पखेटा र ड्रोन पनि तयार हुने वैज्ञानिकहरुको भनाइ छ ।

अहिले यी हात रिमोटबाट नियन्त्रित भए पनि यसलाई दिमागले चलाउने प्रयास पनि भैरहेको छ । चार हात भएको एकाइको तौल करिब १४ किलोग्राम हुन्छ र पाँच औँला भएका मानव हात वा तीन औँला भएका पञ्जा जस्ता विभिन्न प्रकारका यी हात विभिन्न डिजाइनमा उपलब्ध हुन्छन् ।

प्रतिक्रिया