वाणिज्य बैंकले ११ महिनामा कमाए ६७ अर्ब रुपैयाँ खुद मुनाफा, कुन बैंककाे कति ?

नेपालखोज २०८० साउन ३ गते १७:०३

काठमाडौं । आर्थिक वर्ष २०७९–०८० को पछिल्लो ११ महिनामा बाँणिज्य बैंकहरुले ६७ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बाँणिज्य बैंकहरुको खुद मुनाफा सम्वन्धी विवरण अनुसार आव २०७९–०८० को जेठ मसान्तसम्ममा बाँणिज्य बैंकहरुले कुल ६७ अर्ब २३ करोड १५ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा एक अर्ब रुपैंयाँले बढी हो । आव २०७८–०७९ को ११ महिनामा बाँणिज्य बैंकहरुले ६६ अर्ब रुपैंयाँको हाराहारीमा खुद मुनाफा कमाए थिए । आव २०७९–०८० को जेठ महिनासम्ममा नविल बैंक, ग्लोवल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय बाँणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएका छन् ।

यि बैंकहरुको नाफा क्रमशः सात अर्ब ११ करोड ३५ लाख, छ अर्ब ५० करोड ६३ लाख, चार अर्ब ७६ करोड ५१ लाख, चार अर्ब ६३ करोड १० लाख र चार अर्ब ४७ करोड ३४ लाख रुपैयाँ रहेको छ । यि बाहेकका एनएमबी, हिमालयन, प्राईम, स्टान्र्डड चार्टड र नेपाल बैंकले भने क्रमशः तीन अर्ब ३२ करोड ७२ लाख, तीन अर्ब २९ करोड ८९ लाख, तीन अर्ब २१ करोड ६४ लाख, तीन अर्ब ११ करोड ३९ लाख र तीन अर्ब सात करोड ६२ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

आव २०७९–०८० को जेठ मसान्तसम्ममा नेपाल बैंक, कुमारी बैंक, प्रभु, सानिमा र सिद्धार्थ बैंकले क्रमश ः तीन अर्ब छ करोड ६२ लाख, दुई अर्ब ९५ करोड ८४ लाख, दुई अर्ब ८९ करोड ५२ लाख, दुई अर्ब २५ करोड ८७ लाख र दुई अर्ब २५ करोड ५७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

बैंकको नामनाफा
नबिल बैंक७११३.५८
ग्लोवल आईएमई बैंक६५०६.३१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक४७६५.१२
एनआईसी एशिया बैंक४६३१.०४
राष्ट्रिय वाणिज्य बैंक४४७३.४४
एनएमबी बैंक३३२७.२८
हिमालयन बैंक३२९८.९६
प्राईम कर्मसियल बैंक३२१६.४१
स्टान्र्डड चार्टड बैंक३११३.९८
नेपाल बैंक३०७६.२४
एभरेष्ट बैंक३०६६.२७
कुमारी बैंक२९५८.४३
प्रभु बैंक२८९५.२१
सिद्धार्थ बैंक२२५८.७२
नेपाल एसबिआई बैंक२२२५.७८
लक्ष्मी बैंक२०९१.७६
माछापुच्छे बैंक१६८८.८४
सिटिजन्स बैंक१६८१.१५
सनराईज बैंक१६८०.४१
कृषि बिकास बैंक१५९८.६९

प्रतिक्रिया