बुधबार, जेठ १, २०८२

वर्षा र बाढिमा गाडि चलाउँदा के हाे ?

नेपालखोज २०८० साउन ३ गते १७:५३

काठमाडाैं । वर्षायाम सुरु भएको छ । आजकल गाडी लिएर निस्कँदा देशका सडकमा पानी नै पानी र खाल्डाखुल्डी देख्न पाइन्छ । मौसम विभागले अहिले प्रतेक दिन मौसमको जानकारिका साथ बाढी र भारि वर्षाको चेतावनी जारी गर्दै आएको छ । देसका ठाउँ – ठाउँमा यति धेरै पानी जमेको छ कि मानिसहरूलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएको छ । यस्तो अवस्थामा अफिस जान वा कतै बाहिर निस्कन गाडी चलाउने सोचमा हुनुहुन्छ भने केही ख्याल गर्नु आवश्यक छ ।

सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो भाइरल भैरहेका देखिन्छन् जसमा सवारीसाधन बाढीमा डुबेको देखिन्छ । विभिन्न देसका सरकारले नागरिकलाई अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह पनि गरेका छज । धेरै आवश्यक परेर वर्षामा सवारी चलाउँदा कम्पनीले दिएको सेफ्टी फिचर प्रयोग गर्नुका साथै केही नियम पालना गरेर सवारी चलाउन विज्ञहरू सुझाव दिन्छन् ।

बाढीमा एक्कासी ढोका बन्द ?

हिजोआज गाडीमा एड्भान्स टेक्नोलोजी देख्न पाइन्छ जसमा गाडिको सेन्सरले टाढैबाट थाहा पाउँछ कि सडकमा अगाडि के छ? जाम छ कि बाटो खाली छ ? यस्तो अप्ठ्यारो अवस्थामा यी सवारी साधनका ढोका अटो लक हुन्छ । यदि बाढीमा फसेको बेला कारको ढोका स्वचालित रूपमा लक भएपनि आत्तिनु पर्दैन। यस्तो अवस्था आए हडबडिएर गाडी बन्द गर्नुहुँदैन ।

ढोका लक भए गाडीको गति कम गरि गाडी चलाइरहनुपर्छ । यदि गाडी रोकियो भने मात्र साइडको शिशा तोड्नुपर्छ । गाडि अगाडिको शिशा विकल्प नभएको अवस्थामा मात्र तोड्नुपर्छ । किनभने गाडिको अगाडिको शिशा बलियो र महँगो हुन्छ ।

पानी जमेको सडकमा गाडीलाई कहिल्यै नरोक्ने

यदि ड्राइभिङ गर्दा पानी भरिएको सडक भेटीयो भने नडराई सावधानी अपनाउन ध्यान केन्द्रित गर्नुपर्छ। विज्ञहरूका अनुसार कार लिएर पानीले भरिएको सडकमा जाँदा सडक पार गर्नुअघि बिर्सीएर पनि इन्जिन रोक्नु हुँदैन अन्यथा पानी इन्जिनमा जान्छ। यसले इन्जिन बिग्रने सम्भावना बढाउँछ । इन्जिन बिग्रिए भारी नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।

कयौं अवस्थामा मानिसहरुले सडकको गहिराई अन्दाज गर्न पानिको बिचमा गाडि रोकेको देखिन्छ । यसरी बारम्बार स्विच अन र अफ गर्दा कारलाई नोक्सान हुन्छ । यदि यस्तो अवस्थाको सामना गरियो भने कारलाई जलमग्न क्षेत्रबाट बाहिर निकालेर तुरुन्तै मेकानिककहाँ लानुपर्छ ।

जब कार पानीमा रोकिन्छ

यदि कार पानी भएको क्षेत्रमा रोकिएको छ भने यसलाई तुरुन्तै स्टार्ट गर्ने प्रयास नगर्नुहोस्। यसका धेरै कारणहरू छन् – पहिलो पानीले इन्जिनक रडहरूमा बढी दबाब दिन्छ जसले तिनलाई भाँच्न सक्छ । यदि इनटेक वा निकासको माध्यमबाट इन्जिनमा पानी प्रवेश गरेको छ भने, यसले इन्जिनलाई गम्भीर क्षति पुर्‍याउन सक्छ र मर्मत गर्दा निकै खर्च लाग्न सक्छ।

यदि इन्जिनमा पानी पसेको शंका छ भने थप क्षतिबाट जोगिन कार तुरुन्तै बन्द गर्नुपर्छ । कारलाई बाढीको सम्भावना नभएको क्षेत्रमा लगेर मद्दतका लागि आपतकालीन सेवाहरूलाई कल गर्न सकिन्छ ।

सडकको बीचबाट ड्राइभ

ड्राइभिङ गर्दा के ध्यानमा राख्नुपर्छ भने सडकको पानी १५ सेन्टिमिटर भन्दा बढी हुनु हुँदैन। यदि त्यसो भयो भने यसले गाडीमा क्षति पुर्‍याउन सक्छ। गाडी चलाउँदा एउटा कुरा अबस्य ख्याल राख्नु पर्छ- सडकमा पानी छ भने बीचबाट गाडी चलाउनु पर्छ। वास्तवमा, सडक बनाउँदा त्यसमा पानीको बहावका लागि सडकको बीच भाग अलिकति उचाईमा राखिन्छ । यस्तो अवस्थामा सडकको दुबै तिर पानी जम्छ भने बीचबाट गाडी चलाउँदा गाडी सुरक्षित रहन्छ । यस्तो अवस्थामा यदि कुनै वाहन आफु भन्दा अगाडि छ भने होसियारिपुर्वक त्यसलाई पछ्याउन सकिन्छ । यति बेला त्यो गाडिलाइ ओभरटेक गर्ने प्रयास गर्नुहुँदैन । यसले आफुलाइ खतरामा पार्ने जोखिम हुन्छ ।

गतिमा ध्यान

जब हामी वर्षाको दिनमा गाडी चलाउँछौं धेरै पटक मौसमको आनन्द लिन उच्च गतिमा गाडी चलाउन थाल्छौं । यदि यस्तो गल्ती गर्ने हो भने यसले निश्चितरूपमा हानि पुर्‍याउन सक्छ । त्यसैले वर्षमा गाडी चलाउँदा गतिको निकै ख्याल राख्नुपर्छ । यसले कारको ब्रेक सिस्टमलाई असर गर्छ। किनभने तिब्र गतिमा गाडी चलाउँदा बारम्बार ब्रेक लगाउनुपर्छ जसका कारण गाडीको ब्रेक सिस्टममा पानी जाने खतरा हुन्छ । जुन पछि गएर खराब पनि हुन सक्छ ।

सडक पार गर्न पानी कम हुने समय पर्खनुपर्छ । यदि हतार छैन र सडकमा धेरै पानी छ भने सडकको पानी कम हुनु उपयुक्त हो । सडकमा हिडदा हामीलाई नयाँ- पुरानो बाटोमा कति खराब छ जानकारि नहुन सक्छ । यस्तो अवस्थामा ठूलो दुर्घटनाको शिकार बन्न सकिन्छ ।

प्रतिक्रिया