भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश
नेपालखोज
२०८० साउन ३ गते १८:४२

काठमाडाैं । भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश भएकाे छ । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएकाे हाे । भद्रकुमारी घले सेवा सदनका केही संरचना आजै काठमाडौं महानगरपालिकाले भत्काएको छ ।
बाँकी संरचना पनि भत्काउने बताएपछि महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

सम्बन्धित
प्रतिक्रिया