सीजी एग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता

काठमाडौं । चौधरी गु्रप अन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्री जोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ ।
हालै सम्पन्न एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । यस सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।
यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल–युएई बीच रहेको कृषिव् यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गरे । ‘डीएमसीसीसँग रहेको २३,००० सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिकरूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,’ चौधरीले भने ।
डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापीरूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उनले जनाएका छन् । ‘यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मुल्यांकन गर्न मद्दत पुग्नेछ,’ उनले भने ।
प्रतिक्रिया