आइतबार, पुष ६, २०८२

विश्वले पहिलो महिला प्रधानमन्त्री पाएको दिन

नेपालखोज २०८० साउन ५ गते १०:५५

२१ जुलाई १९६० आजकै दिन संसारमा पहिलो पटक महिलाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी थिइन् । यस दिन श्रीलङ्काको प्रधानमन्त्री भएकि थिइन – सिरिमावो बन्दरनायके ।

१७ अप्रिल १९१६ मा जन्मिएकि बन्दरनायकेले सन् १९४० मा फ्रिडम पार्टीका नेता सोलोमन वेस्ट रिजवे डायस बन्दरनायकेसँग विवाह गरेकि थिइन । सोलोमन सन् १९५६ मा श्रीलंकाको प्रधानमन्त्री भए तर सन् १९५९ मा उनको हत्या भयो ।

श्रीमानको मृत्युपछि सन् १९६० मा सिरिमावो सर्वसम्मतिले फ्रिडम पार्टीको अध्यक्ष निर्वाचित भएकी थिइन् । सन् १९६० को चुनावमा फ्रिडम पार्टीले जित हासिल गर्‍यो र सिरिमावोले प्रधानमन्त्रीका रूपमा शपथ लिइन ।

प्रतिक्रिया