आइतबार, वैशाख २३, २०८१

नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमी नार्जो एन ५३ सार्वजनिक

नेपालखोज २०८० साउन ५ गते १२:२२

काठमाडौं । रियलमीले सस्तो मूल्यमा अत्याधुनिक प्रविधिको स्मार्टफोन सार्वजनिक गरेको छ । रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा सस्तो मूल्यमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्य दिनहुँ बढ्दै गइरहेको अवस्थामा सस्तो मूल्यमा नयाँ फोन ल्याएको कम्पनीले जनाएको छ ।

जेन एन प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाइलको उच्चतम सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएको छ।

एन्ड्रोइड १३ मा आधारित रियलमी युआई सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहजरूपमा सम्पन्न हुने भएकाले यो फोनले एक वास्तविक पावरहाउसको अनुभूति दिने बताइएको छ। यो संयोजनले एपिफ सिएन्ट मल्टिटास्किङ क्षमता प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

४६ जीबी एलपीडीडीआर ४एक्स र्याम भएकोले नार्जो एन५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी रहेको बताइएको छ । त्यस्तै, यसमा भएको ६४-१२८ जीबी स्टोरेजलाई दुई टीबीसम्म बढाउन सकिन्छ । एन् ५३ को एआई लेन्सवाला ५० एमपी प्राइमरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ ।

यसका साथै आठ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फीहरू लिन सकिनेछ।नार्जो एन ५३ मा छ दशमलव ७४ इन्चको एफएचडी आईपीएस एलसीडी डिस्प्ले रहेको छ । जसले फोन चलाउँदा एकदमै सहज र आनन्ददायक अनुभूति गराउने कम्पनीको दाबी छ ।

९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ । रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया