जब विचार हुँदैन, तब ध्यान हुन्छ

यदि संयमको कमी छ भने कठिन समयमा मानिसले हतार गर्छ । फलस्वरूप उसले गलत निर्णय लिनपुग्छ र कठिनाइ बढ्छ । विशेष गरी प्रतिकूल समयमा कसैले संयम त्याग्नु हुँदैन अन्यथा अवस्था बिग्रन्छ ।
जब परिस्थिति अनुकूल हुँदैन तब नकारात्मकताका कारण फालतु विचारहरु बढ्न थाल्छन् । यस्तो अवस्थामा ध्यान गर्नु फाइदाजनक हुन सक्छ। नियमित ध्यान गरिरहने हो भने बाधा हट्छ ।
समयको अभाव भन्ने कुरै छैन
सफल मानिसहरुसँग दिनको २४ घण्टा मात्र हुन्छ भने असफल मानिसहरुसँग पनि त्यति नै समय हुन्छ । यद्यपि समयको सदुपयोग गर्नेहरु नै सफल हुन्छन् ।
सफल हुनु पछाडि कुनै खास रहस्य हुँदैन । यो कडा परिश्रम, निरन्तरको प्रयास, असफलताबाट सिक्ने बानी र सकारात्मक सोचबाट प्राप्त हुन्छ ।
यदि आफ्नो लक्ष्य पूरा गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो मन एकाग्र गर्न आवश्यक छ । एकाग्रताबिना सफलता प्राप्त हुँदैन ।
यदि हरेक परिस्थितिमा आफूलाई सन्तुलित र शान्त राख्न चाहने हो भने ध्यान गर्नुपर्छ । ध्यानले नकारात्मकता हटाउँछ र जीवनमा सन्तुलन कायम राख्छ ।
जब धेरै विचार हुन्छन्, मन भटकिन्छ तब ध्यानको सहारा लिनुपर्छ । जहाँ विचार हुँदैन त्यहाँ ध्यान हुन्छ । ध्यान गर्दा मनको अशान्ति हट्छ ।
प्रतिक्रिया