समलाई सम्झिँदा
सुनील उलक
२०८० साउन ६ गते ६:३०

आजकै दिन नेपाली साहित्यमा नेपालको शेक्सपियरको रुपमा चिनिनु हुने बालकृष्ण समको देहावसान भएको थियो । २०३८ साउनको ६ गते वहाँको निधन भएको थियो, ४२ वर्ष बितिसकेछ ।
यहाँ राखिएको दुर्लभ तस्विर वहाँको अन्तिम तस्विर हो । आर्यघाटमा दागबत्ती दिन लागिएको समय खिचिएको हो । यस पछि वहाँको नश्वर शरीर खरानीमा परिवर्तन भयो ।
‘मृत्यु पछिको अभिव्यञ्जना’मा समले कोरेका थिए,
अब मलाई सन्चो भयो,
कुनै शूलले पनि घोच्दैन,
मेरो शत्रुले तीखो त्रिशूल लिएर
घोच्न आयो भने पनि
त्यो वृथा मेरो बीचमा धूवाँ झैँ बत्तिनेछ,
किनभने अब म साह्रो ऐनाजस्तो होइन
आकाशजस्तै कोमल पारदर्शक भइसकेकोछु,
मेरो हात हावाकै मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थेँ ।
बालकृष्ण सम प्रति हार्दिक श्रद्धाञ्जली ।
सम्बन्धित









प्रतिक्रिया