शनिबार, वैशाख २२, २०८१

म त एक दिन मर्ने हो !!

अर्जुन पराजुली २०८० साउन ६ गते ७:००

सके राम्रो गर्ने हो
नसके पनि नराम्रो नगर्ने हो !
सके उन्नति आफूले गर्ने
नसके पनि, अरुको उन्नतिमा आँखा नतर्ने हो !
चाहिँदैन केही मरेपछि मलाई
मरेपछिको लागि जोहो केही नगर्ने हो
बाँचुन्जेल चेतनाको बीउ छर्ने हो !
मरेपछि पनि बाँच्न चाहनेहरूलाई !
बधाई दिने हो, बीचमा पसेर डिस्टर्भ नगर्ने हो !
एक दिन मर्ने हो !

मलाई माया गर्नुछ भने पनि गर्नू अहिले नै !
गाली गर्नुछ भने पनि गर्ने अहिले नै !
धारेहात लाउनु छ भने पनि लाइहनल्नु
आँखा तर्दछ भने पनि त अहिले नै !
आँखा तर्नुछ भने पनि त अहिले नै !
मैले भनेको मान्नु छ भने पनि मान्नू अहिले नै !
मेरा खुट्टा तान्नुछ भने पनि तान्नु अहिले नै

तपाईंले मलाई केही गर्न बाँकी छ भनेर
कहाँ कुरेर बसिरहन म्याउँछु र म,
काल ढुकेर बसेको छ मेरो अगाडि
काललाई पनि नछाड्ने हो
डिको बिनाको अक्षरले
तालुमा ठोकेको ठोक्यै गर्ने हो !
म त एक दिन मर्ने हो !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया