शनिबार, वैशाख १५, २०८१

नेपालका महाभूकम्प

नेपालखोज २०७८ असोज २३ गते ९:०८

नेपालका महाभूकम्प अनुसन्धान मुलक पुस्तक हो । यस पुस्तकमा विगत आठसय वर्ष अघिदेखिको नालीबेली भेटिएसम्मका खोजिनिधी गरि समाविष्ट गरिएको छ।

वि.स.२०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पको बारेमा विस्तारमा अध्ययन अनुसन्धान र विश्लेषण गरिएको छ। लेखक रमेशजङ्ग सिजापतिले स्थलगत अध्ययन अनुसन्धान गरी यो पुस्तक तयार गरिएको हो । महाभूकम्पको बारेमा सत्यतथ्य तथ्यांक रहेकोे छ। यो विषयको विस्तारमा लेखिएको पहिलो पुस्तक हो।

वि.स.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पको केन्द्रविन्दु गोरखा वारपाक पुगेर लेखिएको छ। यस पुस्तकमा नेपालका महाभूकम्पको वर्णन छ। क्षतिको विवरण, महाभूकम्पमा संचार माध्यम सामाजिक सन्जालको भूमिका बारेमा छ । त्यसैगरी वि.स.१९९० र २०७२ सालको महाभूकम्प भोगेकाको अनुभव छ।

महाभूकम्प भोगेका अनुभवीको अनुभव छ। काष्ठमण्डप र धरहरा लगायतबाट उद्धार गरिएका व्यक्तिहरुको अनुभव छ। त्यसैगरी चार महिनाका बच्चा २२ घन्टामा उद्धार गरिएका सोनिश अवालको आमाको अन्तर्वार्ता छ। भूकम्प आउँदै भनेर मान्छेले भन्दा छिटो थाहा पाउने कुन जीव हो त्यसको बारेमा छ।

पुस्तकमा महाभूकम्पसम्बन्धी जानकारी दिने ८० वटा रङ्गीन फोटाेहरु समाबेश गरिएको छ।

प्रतिक्रिया