महिला विश्वकप : इंग्ल्याण्ड विजयी

नेपालखोज २०८० साउन ६ गते २१:४०

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा इंग्ल्याण्डले कठिन जित निकालकोछे छ । अस्ट्रेलियाको ब्रिसबेनमा आज भएको खेलमा इंग्ल्याण्डले हहाइटीलाई १–० गोलको साँघुरो जित दर्ता गरेको हो ।

पहिलो हाफको २९ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो ।सोही अग्रता अन्तिमसम्म जोगाउँदै इंग्ल्याण्डले तालिकामा ३ अंक लिन सफल भयो ।इंग्ल्याण्डका लागि जर्जिया स्टेनवेले पेनाल्टीमा गोल गरेकी थिइन् ।

समूह डीमा इंग्ल्याण्ड ३ अंकका साथ शीर्ष स्थानमा छ । यो समूहमा डेनमार्क र चीन पनि रहेका छन् । डेनमार्क र चीनको खेल पौन ६ बजेदेखि सुरुहुँदै छ ।

प्रतिक्रिया