कोशी सरकारविरुद्धको रिटमा आजदेखि निरन्तर बहस
नेपालखोज
२०८० साउन ७ गते ८:४०

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा निरन्तर बहस सुरु हुँदै छ । कोशी सरकार गठन असवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।
सो प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधिस मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् ।
निष्पक्ष रहनुपर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजवाट दुवै पक्षले आ-आफ्नो तर्फबाट बहस गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया