कारोबार खुलेको पहिलो एक घण्टामा नै २५ अंकको उच्च वृद्धि

काठमाडौं । नेपाल राष्ट्र अहिले मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई ड्राफ्ट गर्दे छ । यो समाचार तयार पर्दासम्मको अवस्थामा राष्ट्र बैंक मौद्रिक नीतिलाई अन्तिम रूप दिइरहेको छ ।
मौद्रिक नीतिको अन्तिम ड्राफ्टपछि राष्ट्र बैंकले आफ्नो वेभसाईट मार्फत नै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने छ । त्यसपछि भने काठमाडौंस्थित याक यण्ड यती होटेलमा अपराह्न तीन बजेसम्म पत्रकार सम्मेलन गरेर मौद्रिक नीतिको बारेमा जानकारी दिने छ ।
राष्ट्र बैंकको यही तयारीकाबिच सेयर बजारमा भने उछाल देखिएको छ । नेपालको सेयर बजारलाई मौद्रिक नीतिले धेरै नै प्रभाव पार्ने गरेको छ ।
सोही कारण मौद्रिक नीतिलाई सेयर लगानीकर्ताहरूले निकै महत्वका साथ हेर्ने गरेका छन् । तर राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको अवस्थामा सेयर बजार भने उच्च अंकले बढ्नुले सेयर बजारको लागि चालु आवको मौद्रिक नीति केही सकारात्मक हुने आस गरिएको छ ।
त्यही आसको कारणबाट पनि हुन सक्छ, कारोबार खुलेको पहिलो एक घण्टाको अवधिमा नेप्से २५ दशमलव ६८ अंकले बढेर २१ सय ८९ दशमलव ६१ बिन्दुमा चढिसकेको छ ।
यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १८ अंकले बढेर चार सय १६ दशमलव ७० अंकमा चढिसकेको छ ।
प्रतिक्रिया