वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ : नासिरको नयाँ राष्ट्रिय किर्तिमान
नेपालखोज
२०८० साउन ७ गते १६:३६

काठमाडौं । वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिर याह्या हुसेनले आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।
जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा नासिरले ४ सय मिटिर फ्रि स्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् ।
यसअघि नासिरकै नाममा ४ मिनेट १२.१७ सेकेन्ड समयको किर्तिमान कायम थियो । नासिरले उक्त किर्तिमान गत असारमा आयोजना भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा राखेका थिए ।
अब नासिरले सोमबार पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया