एसीसी इमर्जिङ कप : भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि

नेपालखोज २०८० साउन ७ गते २१:३९

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पाकिस्तानले जितेको छ । श्रीलंकामा आज भएको फाइनलमा भारतलाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । तयाब ताहिरको शतकप्रेरित पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको थियो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो । जवाफमा भारत ४० ओभरमा सवै विकेट गुमाएर २२४ रनमा रोकिन पुग्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटका लािग १२१ रनको साझेदारी भएको थियो । सइम अयुब र सहिबजादा फरहानले उत्कृष्ट सुरुआत गराएका थिए ।

प्रतिक्रिया