कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपालखोज
२०८० साउन ८ गते ७:१६

काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।
नेपाली राजनीतिक इतिहासमै पहिलो पटक कांग्रेसले बैठक लाइभ गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया