आइतबार, वैशाख १६, २०८१

जुन चलचित्र पूरा भएनन्

नेपालखोज २०८० साउन ८ गते १२:३१

काठमाडौं । आज हामी यस्ता ठूला बजेटका फिल्मका बारेमा बताउन गइरहेका छौँ, जसको घोषणा त भयो तर केही विवादका कारण ती चलचित्र बन्न सकेनन् ।

जी ले जरा
कट्रिना , आलिया तथा प्रियंका चोपडा स्टारर यो फिल्म तीनै जना अभिनेत्रीको डेट नभएका कारण रोकिएको छ ।

दोस्ताना – २
कार्तिक आर्यन र करण जोहरको विवादका कारण ‘दोस्ताना – २’ रोकिएको थियो । उनिहरु बिच पुन मित्रता कायम भएकाले यो चलचित्र बन्ने आषा पलाएको छ ।

इन्शाअल्लाह
सञ्जय लीला भन्साली र सलमान खान बीचको रचनात्मक विवादका कारण सलमान र आलिया स्टारर यो फिल्म रोकिएको छ ।

बैजु बावरा
रणवीर र आलियाको फिल्म ‘बैजु बावरा’को निर्माण आर्थिक समस्याका कारण रोकिएको छ ।

शूबाइट
कानुनी समस्याका कारण अमिताभ बच्चनको फिल्म शूबाइटको निर्माण रोकिएको छ ।

तख्त
रणवीर सिंह, करीना कपूर तथा आलिया भट्ट अभिनित करण जोहरको यो फिल्म २०२० मा रिलिज हुने भनिएको थियो तर अहिलेसम्म यसको कुनैकुनै खोजखबर छैन ।

प्रतिक्रिया