इन्डोनेसियामा डुङ्गा डुब्दा पन्ध्र जनाको मृत्यु, सत्ताइस बेपत्ता
नेपालखोज
२०८० साउन ८ गते १७:५०

जकर्ता । इन्डोनेसियाको सुलावेसी टापुको तटमा सोमबार काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।
इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले मध्यरातमा ४८ जना सवार उक्त डुङ्गा डुबेको जनाएको छ । डुबेका छ जना यात्रीलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनीहरूले बताएका छन् । डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।
दक्षिणपूर्वी सुलावेसीको केन्डारी सहरको स्थानीय खोज र उद्धार कार्यालयका प्रमुख मुहम्मद अराफाहीका अनुसार मुना टापुको सेन्ट्रल बुटोन रिजेन्सीको लान्टो र लागिली गाउँहरू बीचको खाडी पार गरिरहेका बेला दुर्घटना भएको हो ।
सम्बन्धित








प्रतिक्रिया