शुक्रबार, जेठ ४, २०८१

विमानमा दुर्व्यवहार गरेको आरोपमा एक नेपाली दिल्लीमा पक्राउ 

नेपालखोज २०८० असार २८ गते ६:५४

नयाँदिल्ली । एयर इन्डियाको विमानमा चालक दलका सदस्य सँग दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

भारतीय अधिकारीहरूका अनुसार आरोपितमाथि शौचालय तोड्ने तथा यात्रुहरूलाई कुटपिट गर्ने प्रयास गरेको आरोप छ । यो घटना क्यानडाको टोरन्टोबाट नयाँ दिल्ली आइरहेको फ्लाइटमा भएको हो तर, घटना कहिलेको हो कुनै जानकारी उपलब्ध गराइएको छैन ।

भारतीय अनलहरुका अनुसार टोरन्टोबाट दिल्ली आइरहेको फ्लाइटमा नेपालका महेशसिंह पण्डितले आफ्नो सिट २६ इ (26E ) बाट २६ एफ ( 26F )मा परिवर्तन गरेको बताइएको छ । चालक दलका सदस्य आदित्य कुमारले त्यसो गर्न रोकेपछि अभियुक्त पण्डितले उनलाई धकेल्न थाले । आदित्यले यात्रु महेशका बारेमा वरिष्ठ पाइलटलाई गुनासो गरेपछि महेश केही समय शान्त भए।

धूम्रपान गर्न रोकेपछि वाशरूमको ढोका तोडे 

केही समयपछि अभियुक्त वाशरूममा गएर धूम्रपान गर्न थाले । स्मोक अलार्म बजे पछि चालक दलका सदस्यले उनलाई रोक्न खोज्दा उनले शौचालयको ढोका खोले ।

अरू केही यात्रु रोक्न आएपछि अभियुक्तले झगडा गर्न खोजे । त्यसपछि उनलाई कुनै न कुनै रूपमा नियन्त्रणमा लिई दिल्ली पुगेपछि प्रहरीको जिम्मा लगाइयो । यस सम्बन्धमा दिल्ली प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया