शनिबार, असार २१, २०८२

श्रीलंकाविरुद्ध पाकिस्तानको उत्कृष्ट प्रदर्शन

नेपालखोज २०८० साउन ८ गते २०:४७

एजेन्सी । पाकिस्तानले दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध सानदार बलिङ प्रदर्शन गर्दै उत्कृष्ट सुरुवात गरेको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका दोस्रो सेसनमा ४८.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो ।

श्रीलंकाका धनन्जय डि सिल्भाले ६८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाए । दीनेश चान्डिमल ३४, रमेश मेन्डिस २७ र दिमुथ करुणारत्ने १७ रनमा आउट भए ।

पाकिस्तानका स्पिनर अब्रार अहमदले सर्वाधिक चार विकेट लिए । नसिम शाहले तीन र शाहिन शाह अफ्रिदीले एक विकेट लिए । पहिलो दिन खेल सकिदा पाकिस्तान २८.३ ओभरमा १४५.२ को अवस्थामा छ । पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक ९९ बलमा ७ चौका र २ छक्कासहित ७४ रनमा अविजित छन् ।

कप्तान बाबर आजम २१ बलमा ८ रनमा अविजित छन् । इमाम उल हक ६ र शन मसुद ५१ रनमा आउट भए । मसुदले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

श्रीलंकाका असिथा फ्रेनान्डाले सर्वाधिक दुई विकेट लिए । दुई खेलको सिरिजमा पाकिस्तान १-० ले अघि छ । पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया