बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलाप
नेपालखोज
२०८० साउन ९ गते ९:००

– दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ । सो समयमा दिनभरिको अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ ।
– बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ ।
– धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ ।
– बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगाई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ ।
– बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ । यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ । बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ ।
स्रोत : युनिसेफ नेपाल
सम्बन्धित

प्रतिक्रिया