बिहीबार, असार ५, २०८२

बढ्यो सुनको मूल्य

नेपालखोज २०८० साउन ९ गते ११:४२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार ३ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १४६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया