कोशी सरकार विवाद : सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै
नेपालखोज
२०८० साउन ९ गते १२:१३

काठमाडौं । कोशी प्रदेश सरकार बदर गर्न माग गर्दै परेको रिटउपर सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।
२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया