कांग्रेस केन्द्रीय समिति बैठक : सभापतिले जवाफ दिने
नेपालखोज
२०८० साउन १० गते ७:०२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । ललितपुरस्थित केन्द्रिय कार्यालय सानेपामा उक्त बैठक बस्ने छ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया