मेसीकाे गोलमा मियामीकाे लगातार दोस्रो जित

नेपालखोज २०८० साउन १० गते १०:१९

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसीले दोस्रो खेलमा दुई गोल गरेपछि मेजर लिग सकर टोली इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार बिहान घरेलु मैदान भिआरभी पिएनकी मैदानमा इन्टर मियामीले एटलान्टा युनाइटेडले ४–० ले हराएको छ । इन्टरको जितमा मेसी र रोबर्ट टेलरले समान दुई गोल गरेका थिए ।

मेसीले डेब्यु खेलमा विजयी गोल गर्दा मियामीले क्रुज एजुललाई २–१ ले हराएको थियो ।

लिग कपमा दोस्रो जित निकालेको मियामी ६ अंकसहित शीर्षस्थानमा छ । एटलान्टा र क्रुज एजुल अंकबिहिन छन् । मेसीले डेब्यु खेलमा विजयी गोल गर्दा मियामीले क्रुज एजुललाई २–१ ले हराएको थियो ।

लिग कपको साउथ तीन समूहको विजेता बनेको मियामी अन्तिम ३२ मा प्रवेश गरेको छ । अब, मियामीले प्रि क्वार्टरफाइनल प्रवेशका लागि लिग कपको साउथ २ समूह विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया