मंगलबार, जेठ १, २०८१

अवैध सुन बरामद भएपछि कहाँ जान्छ ?

नेपालखोज २०८० साउन १० गते ११:१६

काठमाडाैं । गैरकानुनी तरिकाले ल्याइएका अवैध सामाग्री, नगद, सुनलगायतका बहुमूल्य बस्तु सरकारी ढुकुटीमा जाने गरेको छ। निश्चित प्रक्रिया पूरा गरेपछि उक्त सुन सरकारको खातामा जम्मा हुन्छ ।

यस्तो सुन नेपाल राष्ट्र बैंकले निश्चित प्रक्रियापछि सरकारसँग किन्ने गरेको छ । सुन बराबरको मूल्य भन्सार विभागमार्फत सरकारको खातामा जम्मा गरेर सुन राष्ट्र बैंकले राख्ने गरेको छ भने त्यो सुन आवश्यक परेको निकायलाई उपलब्ध गराइने गरेको छ ।

केन्द्रीय बैंकले लिएको अवैध सुन वा चाँदी टक्सार महाशाखामा जान्छ। जुनसुकै निकायवाट सुन प्राप्त गरे पनि बरामद वा जफत भएको अवैध सुन मुद्दाको अदालति प्रक्रिया पुराभए पछि मात्र नेपाल राष्ट्र बैंकले उक्त सुनलाई आफ्नो सम्पत्तिका रूपमा प्रयोग गर्न पाउँछ ।

प्रतिक्रिया