वर्षा तथा चिसोपन बाट हुने रोगहरूबाट कसरी बच्ने ?
नेपालखोज
२०८० साउन १० गते १३:४१

एसी कोठाबाट निस्किएर सीधै घाममा नजानुहोस् ।
बाहिरबाट आएपछि तुरुन्तै फ्रिजको चिसो पानी पिउनु हुँदैन ।
यदि शरिरमा कतै चोट छ भने नियमित ड्रेसिङ गर्नुपर्छ ।
खुल्ला र नभिजेका सुक्खा लुगा लगाउनुपर्छ ।
घर बाहिरको खाना खानु हुँदैन ।
दैनिक कम्तीमा ९ गिलास पानी पिउनुपर्छ ।
मोहि, नरिवल पानी तथा ताजा जुस नियमित पिइरहनुपर्छ । काँक्रा , तरबुजा आदि खानुपर्छ जसमा प्रयाप्त मात्रामा पानीको हुन्छ। दैनिक २-३ पटक जिवनजल पनि पिउन सकिन्छ । खाना खानुअघि पानी पिउनुपर्छ ।
रक्सी तथा चिया-कफीको सेवन कम गर्नुपर्छ ।
घरबाट बाहिर निस्कँदा पानीको बोतल साथमा राख्नुपर्छ ।
अत्याधिक खाना (ओभरईटिङ) खानबाट जोगिनु पर्छ । प्रशोधित पेय तथा प्याकेज गरिएका वस्तुहरू परहेज गर्नु उपयुक्त हुन्छ।
मौसमी फलफूल खानुपर्छ , तर फुटपाथमा काटेर खुला राखिएको फल खानु हुँदैन ।
सम्बन्धित
प्रतिक्रिया