बुधबार, वैशाख १९, २०८१

लघुवित्तले तोकेभन्दा बढी ब्याज लिए हामीलाई भन्नुस् – राष्ट्र बैंक

नेपालखोज २०८० साउन ११ गते १२:०३

काठमाडौं । लघुवित्तहरूले ऋणीबाट बढी ब्याज असुलेको र गैरकानूनी ढंगबाट सम्पत्ति लिलाम गरेको गुनासो आउन थालेपछि नेपाल राष्ट्र बैंकले त्यस्ता गतिविधि विरुद्ध जानकारी गराउन ऋणीहरूलाई भनेको छ ।

केन्द्रीय बैंकले ऋणीबाट बढी ब्याज असुले जानकारी गराउन आग्रह गरेको हो । लघुवित्तहरूले नेपाल राष्ट्र बैंकले ताकेको निर्देशन पालना नगरे, बढी ब्याज वा शुल्क लिए जानकारी गराउन ऋणीहरूलाई आग्रह गरेको हो ।

यस्तै गैरकानूनी ढंगबाट सम्पत्ति लिलामी गरे तथा उद्यम व्यवसायमा असहयोग गरे भने पनि केन्द्रीय बैंकलाई सो बारे जानकारी दिन सकिनेछ ।

यसकै लागि गुनासो सुनुवाइ गर्न केन्द्रीय बैंकले अलग्गै डेस्क खडा गरिसकेको छ । त्यस्ता समस्याको समाधान गर्न पहल गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया