फिफा महिला विश्वकप : अमेरिका हारबाट जोगिँदा पोर्चुगलकाे सहज जित

नेपालखोज २०८० साउन ११ गते १९:०१

काठमाडाैं । अमेरिका फिफा महिला विश्वकप फुटबलमा हारबाट जोगिदा पोर्चुगलले सहज जित हात पारेको छ । एक गोलले पछि परेको अमेरिकाले नेदरल्यान्डसँग १–१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

वेलिङटन रिजनल स्टेडियम न्युजिल्यान्डमा बिहीबार भएको खेलको १७औं मिनेटमा जिल रुडले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाइन् ।

यस बराबरीसँगै अपराजित रहेको अमेरिका समूह ‘ई’ मा २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाट समान अंक नै रहेपनि नेदरल्यान्ड्स गोलअन्तरमा दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा पोर्चुगलले भियतनाममाथि २–० को सहज जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । समूहमा पहिलो जित निकालेको पोर्चुगल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग १–० ले पराजित भएको थियो ।

पोर्चुगलको जितमा टेलमा इनकारनाकाओ र फ्रान्सिका नाजारेथले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो ।

प्रतिक्रिया